काठमाडौं – आज सेयर बजारमा बृद्धि भएको छ । सोमबार सेयर बजार बढ्ेतापनि कारोबार रकम भने घटेको छ । ४० दशमलव ६४ अङ्कले बढेको बजारमा ५ अर्ब ६९ करोड बराबरको सेयर कारोबार भएको छ । बजार समग्रमा १ दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ ।
आज सबै समुहहरुमा हरियाली देखिएको छ । जीवन बिमा र निर्जीवन बिमाको बढोत्तरी सबैभन्दा धेरै रहेको छ । आज चन्द्रागिरी हिल्सको सेयर मूल्य ९ दशमलव ९० प्रतिशतले बढेको छ । यस आधारमा पनि आजको कारोबारमा सबैभन्दा धेरै कमाउनेमा चन्द्रागिरी हिल्स नै परेको छ । यसको सेयर मूल्य ४ सय ५५ रुपैयाँ पुगेको छ । चन्द्रागिरीको बजार पुँजीकरण ६ अर्ब ९८ करोड पुगेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ७ सय १९ रुपैयाँ पुगेको छ । आजको कारोबारमा दोस्रो बढी कमाउनेमा यहि बैंक नै रहेकोे छ । यता सबैभन्दा बढी गुमाउनेमा सिटिजन्स म्यूचुअल फण्ड २ देखिएको छ ।