काठमाडौं – इटालियन सिरी एमा दुवै मिलान क्लब विजयी भएका छन् । शीर्ष स्थानको इन्टर र दोस्रो स्थानको एसी मिलानले जित हात पारेका छन् । आइतबार राति भएको खेलमा इन्टरले जेनोअलाई ३–० ले हराएको थियो । इन्टरका लागि रोमेलु लुकाकले खेलको पहिलो मिनेटमा नै गोल गरेका थिए । यस्तै माटेओ डार्मिनले ६९ औं मिनेटमा र एलेक्सिस सान्चेजले ७९औं मिनेटमा गोल गरेका थिए ।
यस्तै अर्को खेलमा एसी मिलानले रोमालाई २–१ ले पराजित गरेको थियो । रोमाको मैदानमा भएको खेलको ४३ औं मिनेटमा फ्रान्स केसीले पेनाल्टीमा गोल गर्दै मिलानलाई पहिले अग्रता दिलाएका थिए । ५० औं मिनेटमा जोर्डन भेरेटाउटले रोमाको लागि बराबरी गोल फर्काए, तर ५८ औं मिनेटमा एन्टे रेबिकले गोल गर्दै एसी मिलानलाई जित दिलाउन सफल भए । जितपछि इन्टरको २६ खेलबाट ५६ अङ्क रहेको छ । समान खेलबाट ५२ अङ्क जोड्दै एसी मिलानले अङ्क दूरी ४ मा झारेको छ । रोमा २४ खेलबाट ४४ अङ्कसहित पाँचौ स्थानमा रहेको छ ।