काठमाडौं – उत्तरी गोरखामा कोरोना भाइरसविरुद्धको खोप हेलिकप्टरमार्फत पु¥याइएको छ । आज सिम्रिक एयरको हेलिकप्टरमार्फत १० भाइल (१ सय )डोज खोप पठाइएको स्वास्थ्य कार्यालयका खोप कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले जानकारी दिएका छन् । ‘कार्यालयबाट हामीले एम्बुलेन्समा राखेर हरमटारी खेल मैदानसम्म लग्यौं,’ उनले भने, ‘त्यहाँबाट हेलिमा हालेर माथि पठायौं ।’ उक्त खोप सो क्षेत्रको स्वास्थ्य सेवामा प्रत्यक्ष सङ्लग्न स्वास्थ्यकर्मीलाई लगाइने उनले जानकारी दिएका छन् ।

माघ १४ देखि १८ गतेसम्म सञ्चालन भएको पहिलो चरणको खोप अभियानमा चुमनुब्री गाउँपालिकाका स्वास्थ्यकर्मी सहभागी भएका थिएनन् । उनीहरु खोप केन्द्रसम्म आउन टाढा पर्ने हुनाले खोप नै हेलिकप्टर मार्फत ढुवानी गरेको खत्रीले जानकारी दिएका छन् । शुक्रबार चुमनुब्री गाउँपालिकामा तीन वटा खोप केन्द्र स्थापना गरी त्यहाँका स्वास्थ्यकर्मीलाई खोप लगाइने समेत उनले जानकारी दिएका छन् ।