काठमाडौं – प्रिमियर लिगमा म्यानचेष्टर सिटीले ३ अङ्कले अग्रता बनाएको छ । सिटीले बर्नलेलाई २–० ले पराजित गरेको हो । बर्नलेको मैदानमा भएको खेलमा सिटीका लागि गाब्रीएल जेसले तेस्रो र रहिम स्टर्लिङले ३८ औं मिनेटमा गोल गरे । जितपछि सिटीले २१ खेलबाट ४७ अङ्क जोडेको छ र दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडभन्दा अझै एक खेल कम खेलेको छ । युनाइटेड २२ खेलबाट ४४ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।