काठमाडौँ—प्रतिनिधी सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको विरोधमा सत्तारुढ नेकपाकै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आह्वान गरेको नेपाल बन्दका कारण बिहीबार देशभरको जनजीवन प्रभावित बनेको छ । बन्द सफल बनाउन प्रचण्ड—नेपाल समूहका नेता कार्यकर्ता सडकमा उत्रिएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछन् । एकपछि अर्को राजनीतिक उथलपुथल र सत्तारुढ दलभित्रकै अन्तरविरोधले जनता आजित बन्दैछन् ।

नागरिकस्तरबाट यसको विरोध भइरहेको छ । विश्वका ठुला अन्तर्राष्ट्रिय व्यावसायीक क्रिकेट प्रतियोगिता खेलेर नेपाललाई चिनाएका क्रिकेटर सन्दीप लामिछाने पनि दुखी छन् । बिहीबार उनले सामाजिक सन्जालमा फेसबुकमार्फत पछिल्लो स्थितीप्रति दुख व्यक्त गर्दै के यसरी बन्नेछ नयाँ नेपाल ? भनेका छन् ।