एजेन्सी – किलियान एम्बाप्पेको २ गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले डिजोनलाई पराजित गरेको छ । जीतसँगै पीएसजी लिग वानको दोस्रो स्थानमा पुगेको छ । शनिबार पीएसजी ४–० गोलले विजयी भएको हो ।
मोइस किनले माउरिसियो पोचेटिन्होको टोलीलाई अग्रता दिलाए भने त्यसपछि एम्बाप्पेले पेनाल्टीबाट टोलीको अग्रता दोब्बर बनाएका थिए । दोस्रो हाफमा उनले अर्को गोल गरे । क्लबका लागि उनको यो १ सय १३ औँ गोल रहेको थियो । माउरिसियो पोचेटिन्हो आएयता एम्बाप्पले क्लबका लागि ९ गोल गरेका छन् । खेलको अन्त्यतिर ड्यानिलोले अर्को गोल थपे । २७ खेलबाट पीएसजीको ५७ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको लिलको ५८ अङ्क रहेको छ । यद्यपि, लिलले १ खेल कम खेलेको छ ।