काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुन तोलामा ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाल सुन तोलामा ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ८७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ । शुक्रबार तोलामा १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर तोलामा १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।