काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुन तोलामा ८९ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज तोलामा ८८ हजार ८ सय रुपैयाँमा कारोवार भएको छ ।
यस्तै बिहीबार तोलामा ८८ हजार ८ सय ५० रुपैयाँमा कारोवार भएको तेजाबी सुन आज तोलामा ८८ हजार ३ सय ५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । बिहीबार १ हजार ३ सय ५५ रुपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।