काठमाडौं – पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटना भएको छ । रामपुर न.पा.– ७ किसानबारी स्थित रहेको भित्रि सडक खण्डमा खप्टारबाट बिजयपुरतर्फ जाँदै गरेको लु १३ प ६८१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकल सडकदेखि अन्दाजी ७ मिटर तल खस्दा मोटरसाइकल चालक पाल्पा जिल्लाको रामपुर नगरपालिका – ६ बिजयपुर बस्ने ३० बर्षको सन्जु आलेको ज्यान गएको हो । उनलाई उपचारको लागि रामपुर अस्पताल पाल्पामा पठाइएको तर डाक्टरद्वारा मृत घोषण गरेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिएका छन् ।