काठमाडौं – महिला लघुवित्तको आइपीओ आज बाँडफाँड भएको छ । यस आइपीओमा ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन् । कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द भएको थियो, भने आवेदकमध्ये १४ लाख ९९ हजार १ सय ८२ जनाले सेयर पाएका छैनन् ।
कुल १५ लाख ३६ हजार ६ सय ८२ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । यसको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको हो । महिला लघुवित्तले माघ ३० गतेबाट फागुन ५ गतेसम्म ४ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।