एजेन्सी – सामाजिक सञ्जाल फेसबुकले कूमार्फत् सत्ता हत्याएको म्यानमारको सैनिकलाई प्रतिबन्ध लगाएको छ । सैन्य कूविरूद्ध आन्दोलन भइरहेका बेला फेसबुकले आज म्यानमारको सेनालाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोगमा प्रतिबन्ध लगाएको हो ।
’फेब्रुअरी १ मा भएको कू र त्यसपछिका हिंसात्मक घटनाले प्रतिबन्ध लगाउनु पर्ने अवस्था बनाए,’ फेसबुकले भनेको छ,‘म्यानमारको सेनालाई फेसबुक र इन्स्टाग्राम चलाइरहन दिनु निकै खतरापूर्ण छ भन्ने हामीलाई लाग्छ ।’ यसअघि फेसबुकले सरकारी टेलिभिजनको पेज बन्द गरिदिएको थियो । म्यानमारमा सेनाले सत्ता लिएपछि भएका प्रदर्शनमा अहिलेसम्म ३ जनाको ज्यान गएको छ, भने अमेरिकाले कूमा सङ्लग्न सैनिक जनरलहरूमाथि प्रतिबन्ध लगाएको छ ।