काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज नेप्से परिसूचकमा भारी गिरावट भएको छ । बजार ४४ दशमलव ९४ अङ्कले घट्दा कारोबार पनि अन्य दिनको तुलनामा न्यून भएको छ । ६ अर्ब ९ करोड बढीको सेयर खरिद बिक्री भएको छ । बजार २ हजार ५ सय ५४ दशमलव १३ विन्दुमा अडिएको छ । कारोबारमा आएका सबै समूह ओरालो लागेको छ । जीवन वीमातर्फ सबैभन्दा बढी गिरावट भएको छ ।
घटेको बजारमा आज सबैभन्दा धेरै कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । बैंकको आज ९० करोड ३५ लाख बराबरको सेयर कारोबार भएको हो । आज यसको सेयर मूल्य ५ सय ४३ रुपैयाँ रहेको छ । दोस्रो बढी कारोबार हुनेमा नबिल बैंक रहेको छ । आज सबैभन्दा बढी चन्द्रागिरी हिल्सको ९ दशमलव ९१ प्रतिशतले सेयर मूल्य बढेको छ ।