काठमाडौं – काठमाडौंको भाटभटेनी सुपरमार्केट नजिकै हनुमानस्थान बस्दै आएकी गुल्मीकी १३ वर्षीय अमृता गिरी बेपत्ता भएकी छिन् । उनि फागुन १० गते बिहान साढे १० बजे घरबाट बाहिर निस्केकी थिइन् । तर उनि आजसम्म घर फिर्ता नआएको उनका आफन्तले जानकारी दिएका छन् ।
उनले घरबाहिर निस्कँदा गुलाबी रङको ज्याकेट, निलो जिन्स पाइन्ट लगाएकी थिइन । गहुँगोरो वर्ण र ४.८ इन्च उचाई रहेकी अमृता कक्षा ७ मा अध्ययनरत हुन् । उनलाई देख्ने र फेला पार्नेहरूले परिवारका सदस्यको मोवाइल नम्बर ९८६०४५२३४४ मा सम्पर्क गर्न तथा नजिकैको प्रहरी चौकीमा बुझाइदिन आफन्तहरूले अनुरोध गरेका छन् ।