काठमाडौं – रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित २ जना ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा –३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी आज पक्राउ परेका हुन् ।
सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिएका छन् ।
काठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गैडहवा –३ बाट नियन्त्रण्मा लिएर थप अनुसन्धान अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिएका छन् ।