काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । बुधबार तोलामा ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आज चाँदीको मूल्यमा भने वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।