एजेन्सी – म्यान्चेस्टर सिटीले लगातार १९ औँ जीत हात पार्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा बोरुसिया मोचेनग्लाडब्याचलाई पराजित गरेको छ । यो सिजन प्रतियोगितामा सिटीले २–० को जीत हात पारेको छ ।
जोआ क्यान्सेलोको पासमा गोल गर्दै बर्नार्डो सिल्भाले सिटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा ग्याब्रियल जिसुसले सिटीको जीत सुनिश्चित गरे । जिसुसले अन्तिम १६ मा सिटीका लागि पछिल्ला ४ सिजनमा सबै ५ खेलमा गोल गरेका छन् ।
४३ वर्षपछि प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको ग्लाडब्याचले अब दोस्रो लेगमा खेल उल्टाउन ठूलो संघर्ष गर्नुपर्नेछ । दुई टोली १६ मार्चमा एक आपसमा पुनः भिड्नेछन् ।