काठमाडौं – नेप्से परिसूचक १२ दशमलव ५६ अङ्कले बढेर २ हजार ५ सय ९९ दशमलव ७ बिन्दुमा पुगेर आजको कारोबार बन्द भएको छ । आज १ करोड ६७ लाख २६ हजारभन्दा धेरै कित्ता सेयर कारोबार भएको छ । आज ६ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो । १२ मध्ये २ बाहेक बाँकी सबै समूहका सूचकमा वृद्धि भएको छ ।
बीमा तथा होटेल समूह आज सबैभन्दा बढी वृद्धि भएको छ । ३ कम्पनीको मुल्य करिब १० प्रतिशतले बढेको छ । कारोबार रकममा नेपाल र्बैंक अग्रस्थानमा रहेको छ । यसको ५८ करोड २५ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । दोस्रोमा निफ्रा र तेस्रोमा नेको इन्स्योरेन्स रहेको छ ।आज प्रणालीमा समस्या आएपछि नेप्सेले निफ्राको सेयर कारोबार स्थगित गरेको थियो । निफ्राको मुल्य सय प्रतिशतले घटेको देखिएपछि सेयर कारोबार स्थगित गरिएको थियो ।यसले समग्र नेप्से सूचक नै प्रभावित बनेको थियो । यद्यपि, नेप्सेले समस्या समाधान गरेपछि निफ्राको सेयर मुल्य प्रतिकित्ता ५ सय ६२ रुपैयाँ पुगेको छ । यसको सेयर ५ दशमलव ३९ प्रतिशतले घटेको छ ।