काठमाडौं – पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलको जीतगढीमा भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मी रुरू गाउँपालिका वडा नं. ७ का ५६ वर्षीय बाबुराम पन्थीको दुर्घटनामा मृत्यु भएको हो ।
बुटवल उप–महानगरपालिका वडा नं. १२ जीतगढी स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु १ च ९०५० नं. को पिक–अप जीपले विपरीत दिशाबाट बुटवल तर्फ आईरहेको लु ४६ प ८१७६ नं. को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।