काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा १ हजार १ सय रुपैयाँले बढेको सुन आज झिनो अङ्कले घटेको हो । मंगलबार छापावाला सुन तोलामा ९० हजार १ सय रुपैयाँमा कारोवार भएको थियो । भने आज सोही सुन तोलामा ८९ हजार ८ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
यस्तै आज तेजाबी सुन तोलामा ८९ हजार ३ सय ५० रुपैयाँमा कारोवार भएको छ । यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेको छ । मंगलबार १ हजार ३ सय ६० रुपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ३ सय ४५ रुपैयाँमा कारोवार भएको छ ।