काठमाडौं – नागरिक लगानी कोषले फागुन २१ गतेबाट ३ लाख ५४ हजार १ सय ५०.५ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । कोषले नबिकेको हकप्रद सेयर खुला गर्न लागेको हो । कोषले ८२ दशमलव ८४ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको उक्त सेयरलाई लिलामी गर्न लागेको हो ।
बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौं तथा नागरिक लगानी कोषको कार्यालय, नयाँ वानेश्बर काठमाडौं, पोखरा र विराटनगर शाखाहरुबाट बोलपत्र पेश गर्न सकिनेछ । बोलपत्र पेश गर्ने अन्तिम म्याद चैत २ गते रहेको छ । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।