एजेन्सी – अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा सेनाले गरेको कारबाहीमा कम्तीमा ८ जना तालिबान विद्रोहीको मृत्यु भएको सेनाले जानकारी दिएको छ । हेल्मन्ड प्रान्तको नहर–ए–सराज जिल्लामा विद्रोहीहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा सोमबार राति सेनाले कारबाही गरेको थियो । सेनाको हवाई कारबाहीमा ८ लडाकूको घटनास्थलमै ज्यान गएको थियो ।
सेनाले देशभित्र सशस्त्र विद्रोही समूह देखे जुनसुकै बखत कारबाही गर्ने जानकारी दिएको छ । हेल्मन्ड प्रान्तमा सक्रिय रहेको तालिबानको समूहले भने कुनै पनि प्रतिक्रिया दिएको छैन ।