काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा आज नेगेटिभ सर्किट लागेको छ । लगातार सकारात्मक सर्किट लागेको यो सेयरमा दोस्रो बजारमा कारोबार खुलेको आठौं दिनमा आज नेगेटिभ सर्किट लागेको छ ।
आज बजार खुल्ने वित्तिकै बैंकको शेयर बढेर प्रति कित्ता ६ सय ९३ रुपैयाँ पुगेता पनि नाफा बुक गर्ने लगानीकर्ता बढ्दा बैंकको शेयर मूल्य ६६ रुपैयाँले घटेर ५ सय ९४ रुपैयाँमा झरेको थियो । मार्केट डेप्थमा बिक्री गर्ने लगानीकर्ताको चाप धेरै भएतापनि आज खरिद गर्ने लगानीकर्ता शून्य रहेका छन् ।