काठमाडौं – ‘बिहे पास’ फिल्मको छायाँकन चैत्रको पहिलो साताबाट सुरु हुने भएको छ । प्रवेश पौडेलको निर्देशनमा बन्ने यो फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा देखिनेछन् ।
फिल्मकोलागि अझै केही कलाकारहरुको छनौट हुन बाँकी नै रहेको छ । जसको छनौट निर्माण युनिटले अडिसनमार्फत गर्न लागेको छ । राम्रो र उत्कृष्ट कलाकार अडिसनमार्फत भित्रिने भन्दै निर्माण युनिटले अडिसन गर्न लागेको हो ।
आरआर फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मका लागि २० देखि ६५ वर्षसम्मका २२ जना पुरुष र ५ जना नारी कलाकारहरुको आवश्यकता रहेकोले अडिसन मार्फत कलाकारको छनौट गर्न लागिएको प्रस्तुतकर्ता रोहित कट्टेलले जानकारी दिएका छन् ।
फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा रहेका छन् । तराई भेगमा छायाँकन हुने फिल्मको कथा सजन काफ्ले, आकाश बराल र मुरे केरले लेखेका हुन् । सामाजिक विषयमा निर्माण गर्न लागिएको फिल्म भरपुर मनोरञ्जनात्मक हुने निर्माण युनिटले जानकारी दिएको छ ।