काठमाडौं – शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजबाट शुरु हुँदै छन् । कोरोना भाइरसका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगित भएको थियो । लिगमा आज २ वटा खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिएका छन् ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा पहिलो खेल मध्यपुर युथ एशोसिएशन र नयाँ बस्ती युवा क्लबबीच तथा दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच हुनेछ । पहिलो खेल १२ः१५ बजे र दोस्रो खेल दिउँसो ३ः३० बजे हुने एन्फाले जानकारी दिएको छ ।