काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले वृद्धि भएको छ । सोमबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ९० हजार १ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुन तोलामा ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार तोलामा १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।