वासिङ्टन – कोरोना भाइरस सङ्क्रमण शुरु भएदेखि संयुक्त राज्य अमेरिकामा करिब ५ लाख मानिसहरुको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ‘हामीले सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै नागरिकको ज्यान गएको यो मात्र देखेका छौँ’ अमेरिकी राष्ट्रपति जो बिइडेनका प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले जानकारी दिएका छन् ।
अमेरिकामा कोरोनाका कारण ४ लाख ९८ हजार जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । सन् २०२० फेब्रुअरीमा अमेरिकामा कोभिड–१९ बाट पहिलो व्यक्तिको मृत्यु भएको घोषणा भएको थियो । १ वर्षपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ५ लाख पुगेको छ ।
तर अमेरिकामा कोरोनाको खोप दिन थालिसकिएको छ । यहाँ अहिलेसम्ममा ६ करोड १० लाख जनाले यो खोप लगाइसकेका छन् । त्यसैगरी १ करोड ८० लाख नागरिकले भने यो खोपको पूरै मात्रा लगाएको पनि अमेरिकी औषधि विभागले जानकारी दिएको छ ।