बाँके – चितुवाको छाला सहित सल्यान जिल्लाका तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बाँके प्रहरीले दुई थान चितुवाको छालासहित जीतबहादुर डिसी, हिमेन्द्र वली र कमल डिसीलाई पक्राउ गरेको हो । दुई वर्षअघि पासोमा पारेर मारिएको चितुवाको छाला बाँकेको कुसुममा बेच्न आउँदा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाइको छ ।
पक्राउ परेका अभियुक्त जीतबहादुरले दुई वर्षअघि चितुवालाई पासोमा पारेर मारेका थिए । बाँके जिल्लाका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जनाए अनुसार, उक्त छाला अभियुक्तहरुले ४० लाखदेखि ६० लाख रुपैयाँसम्ममा बेच्ने बताएका थिए ।