काठमाडौं – फिल्म ‘मनसँग मन’को छायाङ्कन कालिञ्चोकको रमणीय स्थानमा ‘सही दिउँला तिम्रो लागि’ बोल रहेको गीतको छायाङ्कनसँगै फिल्म सकिएको निर्माण युनिटले जानकारी दिएको छ । गीतमा पुष्प खड्का र वर्षा सिवाकोटीको रोमान्टिक अवतार रहेको छ । जसको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । मुकेश उदासको शब्द, रोशन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् ।
कैलाश राईको निर्देशन रहेको फिल्मको अरुण तामाङ निर्माता हुन् । सौरभ लामाको छायाङ्कन, अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा सन्तोष खवासको एक्सन रहेको छ । आगामी चैत्र २७ मा रिलिज हुने बताइएको यो फिल्ममा पुष्प र वर्षाकै मुख्य भूमिका रहेको छ ।