काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । आइतबार तोलामा १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर तोलामा १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।