काठमाडौं – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आर्सनलविरुद्ध १–० ले जित हात पारेको छ । आइतबार राति आर्सनलको मैदानमा भएको खेलमा रहिम स्टर्लिङले खेलको सुरुमै गरेको गोल सिटीको जितमा निर्णायक बनेको हो ।
आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा स्टर्लिङले दोस्रो मिनेटमै रियाद महारेजो पासमा हेड गोल गर्दै सिटीलाई अग्रता दिलाए । जितपछि सिटीले अङ्कतालिकामा फेरि १० अङ्कको अग्रता बनाएको छ । सिटीले २५ खेलबाट ५९ अङ्क जोडेको छ । सिटी पछाडि रहेको म्यानचेष्टर युनाइटेड र लेस्टर सिटीको पनि समान ४९ अङ्क छ । दुवै पछिल्लो खेल जितेका थिए । समान खेलबाट ३४ अङ्क रहेको आर्सनल दशौँ स्थानमा रहेको छ ।