काठमाडौं – नेप्से परिसुचक ३ दशमलव ६६ अङ्कले बढेर २६४९.३४ विन्दुमा आइपुगेको छ । आजको बजारमा २ सय ७ कम्पनीको ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २ करोड ४३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । आजको बजारमा दुईवटा कम्पनीको सेयर मूल्य सर्किट ब्रेक लागने गरी बढेको छ । अपर तामाकोशीको सेयरमा १० प्रतिशतले मूलय वृद्धि भएको छ । यसको सेयर प्रतिकित्ता ५ सय ३९ रुपैयाँ पुगेको छ । यसको बजार पुँजीकरण ५७ अर्ब पुगेको छ ।
यता शिवश्री हाइड्रो पावरको पनि सेयर मूलय १० प्रतिशतले बढेर प्रतिसेयर १ सय ८९ रुपैयाँ पुगेको छ । यस्तै सबैको ध्यान खिचेको नेपाल इन्फ्रास्टक्चरको सेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । यसको सेयर मूल्य ६ सय रुपैयाँ पुगेको छ । यसको सेयर मूल्य लगातार बढिरहेको छ ।
आजको बजारमा बैकिङ समूह, नीर्जिवन बिमा, फाइनान्स, लघुवित्त, जीवन बिमा समूहमा गिरावट आएको छ, भने बाँकी रहेका सबै समुहमा वृद्धि भएको छ । आज नेपाल बैंकको सबैभनदा बढी सेयर खरिद बिक्रि भएको छ ।