काठमाडौं – (कोभिड–१९) कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यो साता थप १ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा १ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको हो ।
यो सहित २१ देशमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुने नेपालीको सङ्ख्या ३ सय ३६ पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६ सय ३० जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
तीमध्ये ५९ हजार १ सय २० जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत रहेको छ ।