काठमाडौं– ‘यो बिछोड हो कि माया’ गीत यतिबेला निकै चर्चामा छ । केही दिन अगाडि मात्रै सार्वजनिक भएका उक्त गीत धेरै स्रोताहरुले रुचाएका छन् । यतिछिटै यो गीतले युट्युवको ट्रेनिङको ७ औं स्थान ओगट्न सफल भएको छ । गीतकै कारण गायक रोमन प्रकाशको समेत अहिले चर्चा हुन थालेको छ । गीतको अलवा रोमनको स्वरको पनि प्रशंसा गर्नेहरु धेरै निस्किएका छन् । त्यसोत एउटा गीत चर्चाको शिखरमा पुग्नका लागि शब्द र सङ्गीतको विशेष महत्व त हुन्छ नै, गायकी स्वरमा पनि भाव र मर्मलाई आत्मसाथ गर्नु अपरिहार्य हुन्छ ।
उक्त गीतमा रोमनलाई रचना रिमालको स्वरले उत्तिकै साथ दिएको छ । अर्थात् गायनमा दुवैको स्वरले गीतमा एउटा वजन थपिदिएको आभाष हुन्छ । उक्त गीतको भिडियोमा भने प्रकाश सपूत र आँचल शर्माको अभिनयलाई दर्शक स्रोतहरुले हेर्न पाउने छन् । हिमाली जिल्ला मुस्ताङमा छायाँङ्कन गरिएको यो गीतमा प्रकाश र आँचल प्रेमी प्रेमिकाको रुपमा देखिएका छन् ।
उत्तम विचारको शब्द, रिमेश कुमारको सङ्गीत रहेको उक्त गीतको भिडियोलाई विक्रम स्वारको कन्सेप्ट र कोरियोग्राफी गरेका छन् भने सरोज ओलीले निर्देशन गरेका छन् ।