काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको मूल्य ८ सय रुपैयाँले वृद्धि भएको छ । शुक्रबार तोलामा रु ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८९ हजारमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन शुक्रबार तोलामा ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज ८८ हजार ५ सय ५० मा कारोबार भएको छ ।
चाँदी तोलामा १ हजार ३ सय ३० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार तोलामा १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २५ रुपैयाँले वृद्धि भएको हो ।