अमेरिकाको न्यू ओर्लन्सको बन्दुक स्टोरमा एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लाग्दा तीन जनाको ज्यान जानुको साथै अन्य दुईजना घाइते भएका छन् ।
बन्दुकधारीले उक्त स्टोरमा चलाएर दुई जनालाई मारेपछि उक्त स्टाफले जवाफी कारवाही गर्दा ती बन्दुकधारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय समय अनुसार शनिबार दिउँसो दुई बजेर ५० मिनेट जाँदा मेटाइरिया क्षेत्रमा रहेको जेफर्सन गन आउटलेटमा उक्त गोलीकाण्ड भएको हो ।