काठमाडौं –स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर थप ९७ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७३ हजार २ सय ६३ पुगेको छ ।
आज देशभर थप ३ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार ६१ पुगेको छ । हाल देशभर हालसम्म ६० जना कोरोना सङ्क्रमितको आईसियुमा तथा ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार आज थप १ सय १४ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको कुल सङ्ख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको छ । हाल देशभर १ हजार ५ सय ८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । आज २ हजार ९ सय ३१ पीसीआर परीक्षण भएको छ ।