जम्मु–कश्मीरको श्रीनगरमा भएको आतङ्कवादी हमलामा २ जना भारतीय प्रहरीको मृत्यु भएको छ । श्रीनगरको बाराजुल्ला क्षेत्रमा शुक्रबार दिउँसो आक्रमण भएको हो ।
आक्रमणमा घाइते भएका २ प्रहरीको मृत्यु भएको हो । दिउँसै भएको आतङ्कवादी आक्रमणपछि सुरक्षाकर्मीले उक्त क्षेत्रलाई घेरा हालेर सर्च अप्रेशन चलाएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । आक्रमणको सीसीटिभी फुटेस पनि सार्वजनिक भएको छ । जसमा एक व्यक्तिले शरीरमा लुकाएर ल्याएको हतियार निकालेर आक्रमण गरी भागेको देखिएको छ ।