काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलाको १ हजार रुपैयाँले घटेको छ । बिहीबार ८९ हजार २ सयमा कारोबार भएकोे छापावल सुनको मुल्य आज ८८ हजार २ सय रुपैयाँमा झरेकोे छ ।
महासंघले आज तेजावी सुनका मुल्य ८७ हजार ७ सय ५० रुपैयाँ तोकेको छ । यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेको छ । बिहीबार तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कोरोबार भएको चाँदीको मुल्य १ हजार ३ सय ५ रुपैयाँमा झरेको महासंघले जानकारी दिएको छ ।