भारतको महाराष्ट्रमा कोरोना भाइरसको सङ्क्रमण दर फेरि तीब्र गतिमा बढेको छ । पछिल्लो १ हप्तामा नयाँ सङ्क्रमित भेटिने दर उच्च रहेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।
बिहीबार महाराष्ट्रमा ५ हजार ४ सय २७ जना कोरोना भाइरसका नयाँ सङ्क्रमति फेला परेका थिए । महाराष्ट्रमा गत डिसेम्बर ४ पछि पहिलो पटक नयाँ सङ्क्रमितको सङ्ख्या ५ हजारभन्दा बढी देखिएको हो ।
राज्यभर हालसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या २० लाख ८१ हजार भन्दा बढी पुगेको छ । जसमध्ये १९ लाख ८७ हजारभन्दा बढी व्यक्तिहरु सङ्क्रमणमुक्त भएका छन् भने ५१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रमा हाल ४० हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।