काठमाडौं – मकवानपुर प्रहरीले २५ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका –११ बाट राक्सिराङ गाउँपालिका –१ पलासेका २१ वर्षीय नवराज थिङ र सोही ठाउँका २० वर्षीय बाबुराम थोकरलाई गाँजासहित जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलील पक्राउ गरेको हो ।
थिङ अटो चालक हुन् । ना. १ ह ७२३६ नम्बरको अटोको पछाडिको सिटमा गाँजा लुकाएर राखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।