काठमाडौं – रुपन्देहीको देवदह नगरपालिका –१० चरङ्गेमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । लु४३प ६८१७ नम्बरको मोटरसाइकल बिहीबार राति १० बजे पूर्व–पश्चिम राजमार्गमा पुल बनाउनको लागि खनेको खाल्डोमा खसेको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक देवदह नगरपालिका ८ का २७ वर्षीय रामबहादुर थापा र पछाडि सवार सोही स्थानका २५ वर्षीय प्रकाश न्यौपानेको ज्यान गएको हो । उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।