काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले चैतदेखि सुरु हुने शहीद स्मारक सी डिभिजन लिगलाई नयाँ संरचनामा आयोजना गर्ने भएको छ । चैत १ गतेबाट हुने सी डिभिजन लिगमा १४ टिमले प्रतिस्पर्धा गर्दैछन् । जसमा कूल ५२ खेल हुनेछ भने ३ टीम बी डिभिजनमा बढुवा हुनेछन् । यस्तै एक टिम रेलिगेसनमा पर्नेछ ।
एन्फाले बिहीबार सी डिभिजन लिगको ‘ड्र’ गर्दै खेल तालिका सार्वजनिक गरेको छ । सहभागी १४ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहको खेल राउण्ड रोविन लिगका आधारमा हुनेछ । दुई समूहको गरेर कूल ४२ खेल हुनेछ ।