काठमाडौं – रामेछापको मन्थली नगरपालिका वडा नम्बर – १ मच्छेडाँडीमा आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सबै स्कुले बालबालिकाहरु रहेका छन् ।
शुक्रबारदेखि मन्थलीमा सुरु हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिनको लागि सेतिदेवी मावि सालुबाट मन्थलीतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । घाइतेहरु सबैको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचार भइरहेको छ । यात्रुबाहक बसमा ५३ जना सवार मध्ये १७ जना घाइते भएका हुन् ।