काठमाडौं – देशभर आज थप ९६ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको छ । आज देशभर थप ३ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार ५८ पुगेको छ ।
मन्त्रालयका अनुसार आज थप १ सय ११ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ६९ हजार ५ सय ५ पुगेको छ ।

आज देशभर ३ हजार ५ सय ४१ पीसीआर परीक्षण भएको छ । हाल देशभर १ हजार ६ सय ३ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल देशभर ६१ जना कोरोना सङ्क्रमितको आईसियुमा र १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।