काठमाडौं – दक्षिण अफ्रिकी क्रिकेटर क्रिस मोरिस आगामी इण्डियन प्रमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सबाट खेल्ने भएका छन् । आज भएको अक्सनमा उनलाई राजस्थानले १६ करोड २५ लाख भारतीय रुपैयाँमा किनेको छ । उनको आधारमूल्य ७५ लाख रुपैयाँ थियो । अघिल्लो आईपीएलमा मोरिसले रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलेका थिए । बैंग्लोरले उनलाई गत वर्ष १० करोडमा किनेको थियो ।