काठमाडौं – एभरटनलाई पराजित गर्दै प्रिमियर लिगमा म्यानचेष्टर सिटीले शीर्ष स्थानमा १० अङ्कको अग्रता बनाएको छ । बुधबार राति भएको लिगमा सिटीले एभरटनलाई ३–१ ले पारजित गरेको हो । एभरटनको मैदानमा फिल फोडेनले ३२ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
३७ मिनेटमा रिचार्लिसनले घरेलु टोली एभरटनका लागि बराबरी गोल फर्काए । पहिलो हाफको खेल १–१ को बराबरी भएपनि दोस्रो हाफमा सिटीले २ गोल गरेको थियो । ६३ मिनेटमा रियाद महारेज र ७७ मिनेटमा बर्नार्डो शिल्भभाले गोल गरेपछि सिटीले सहजमा जित हात पारेको हो ।