काठमाडौं – सुनको बजार मूल्यले ओरालो ट्रेन्ड समातेको छ । बुधबार प्रतितोलामा ११ सय रुपैयाँले घटेर ८ महिनायताकै सस्तो भएको सुनको मुल्य आज पनि ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुन प्रतितोलामा ६ सय रुपैयाँले घटेको छ । बुधबार ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ८९ हजार २ सय रुपैयाँ कायम भएको छ ।
यस्तै तेजावी सुनको मुल्य आजका लागि ८८ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ भने चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले सस्तो भएको महासंघले जानकारी दिएको छ ।