काठमाडौं – पुनर्वास नगरपालिका –४ कार्गिलडाँडास्थित नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषधसहित सशस्त्र प्रहरीले गए राति धनगढी उपमहानगरपालिका –१ शिवमन्दिर बस्ने ३० वर्षीय सद्दाम मियालाई पक्राउ गरेको छ ।
मियाले चलाएको से४प ७७६७ नम्बरको मोटरसाइकलसहित लागुऔषध प्याइभोन स्पास प्लस १० गोटा चक्की, नेट्राभेट २ चक्की र १ ग्राम खैरो हिरोइन बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले जानकारी दिएका छन् । पक्राउ परेका मियालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ ।