सप्तरीमा छतबाट खसेर एक बालकको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौला बस्ने खुशीलाल मण्डलका २ बर्षीय छोरा दीपक मण्डलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
छतमा खेल्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्ताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता भुवनेश्वर साहले जानकारी दिएका छन् ।