काठमाडौं – गुल्मी जिल्लामा झण्डै २ हजार ८ सय जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । पहिलो र दोस्रो चरणमा गरी हालसम्म २ हजार ७ सय ९७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिएका छन् ।
पहिलो चरणको खोप माघ १४ गतेदेखि र दोस्रो चरणको खोप फागुन २ गतेदेखि सुरु गरिएको थियो । पहिलो चरणमा १ हजार ७ सय ४५ र दोस्रो चरणमा हालसम्म १ हजार ५२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको आचार्यले जानकारी दिएका छन् । दोस्रो चरणको कोरोनाविरुद्धको खोप कार्यक्रम जिल्लामा फागुन ८ गतेसम्म चल्ने छ ।